काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।
त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे कार्यकाल यही कात्तिक १७ गते सकिएपछि भुसाललाई नियुक्त गरिएको हो ।त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले भुसाललाई बढीमा तीन महिनाका लागि सो पदमा आज नियुक्त गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वविद्यालयमा उपकुलपति सिफारिस गर्न बन्यो समिति
प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको शपथ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा भरत खत्री नियुक्त
त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त