काठमाडौं । लुम्बिनी प्रदेशका तत्कालीन सचिव वैकुण्ठ अधिकारीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध गैरकानुनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको भन्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले तत्कालीन प्रदेश सचिव अधिकारीसहति लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीविरुद्ध पनि मुद्दा मायर गरेको छ ।
आर्थिक वर्ष २०७५र७६ मा सञ्चालित कृषि यान्त्रिकीकरण कार्यक्रममा कृषकलाई कम गुणस्तरको कृषि उपकरण उपलब्ध गराएको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको थियो ।
तत्कालीन प्रदेश सचिव अधिकारीले सम्झौताबमोजिम खरिदसम्बन्धी सम्पूर्ण कागजात अध्ययन र स्थलगत अनुगमन समेत नगरी÷नगराई भुक्तानी टिप्पणी सदर गरेको पाइएको अख्तियारले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले उनीहरूसँग एक करोड ३१ लाख ६० हजार रुपैयाँ बिगो दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
लुम्बिनीका नवनियुक्त युवा तथा खेलकुदमन्त्री पाण्डेले लिए शपथ
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
लुम्बिनीमा ११ महिनामा ५९ प्रतिशत मात्रै विकास बजेट खर्च
लुम्बिनी प्रदेशको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि