काठमाडौं। कांग्रेस सांसद प्रदीप पौडेलले एक महिनाको तलब जाजरकोटका भूकम्पपीडितलाई दिने घोषणा गरेका छन् ।पौडेलले राहत र पुनर्स्थापना लागि सरकारी कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गरेका हुन् ।
जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय क्षति पुर्याएको भन्दै पौडेलले दुःख व्यक्त गरेका छन् ।‘जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रवार राति ११ः४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रूकुम पश्चिममा निकै ठूलो मानवीय एवं भौतिक क्षति पुगेको खबरले अत्यन्तै दुखित् बनाएको छ ।
भूकम्पमा परी सयौं नागरिकले ज्यान गुमाएका र घाइते भएका छन्’ पौडेलले भनेका छन्।, ‘यस्तो विपत्तिको समयमा भूकम्पले क्षति पुर्याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीव्र बनाउँन र पुनर्स्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रुपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु ।
साथै, राहत तथा सहयोगका लागि सहयोगी मन भएका सम्पूर्णमा हार्दिक अनुरोध समेत गर्दछु ।’भूकम्पमा परी ज्यान गुमाएका दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पौडेलले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, १२ : ४२
लेखकबाट थप