काठमाडौँ । शुक्रबार रातिको शक्तिशाली भूकम्पपछि मृत्यु भएका १५७ मध्ये १२० जनाको शव आफन्तले बुझेका छन् ।
भूकम्पबाट जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएकामा १२० जनाको शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रुकुम पश्चिममा भएकोमृत्यु भएका सबै ५२ शव आफन्तले बुझिसकेका छन् । यस्तै जाजरकोटमा मृत्यु भएकामध्ये ६८ जनाको शव पनि परिवारलाई जिम्मा लगाइएको छ । बाँकी ३७ जनाको शव प्रक्रिया पुरा गरेर आफन्तलाई जिम्मा लगाउने प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार घटनामा परेर जाजरकोटमा १०६ र रुकुम पश्चिममा १३२ जना घाइते भएका छन् । यस्तै दैलेखमा ३, जुम्लामा३, सल्यानमा २, प्युठानमा ३, बैतडीमा ३, रोल्पामा १, दाङमा १ कुल २५४ जना घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ कार्तिक २०८०, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प