जाजरकोट भूकम्प अपडेट - मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते

सफल खबर संवाददाता

शनिबार, १८ कार्तिक २०८०, १५ : ४१
जाजरकोट भूकम्प अपडेट - मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।

नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । घाइतेको संख्या १६६ पुगेकाे छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् ।

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।