काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको शक्तिशाली भूकम्पपछि रुकुम पश्चिममा दर्जनौँको मृत्यु भएका छन् ।
अहिलेसम्म ३६ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले जानकारी दिएका छन । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले हालसम्म मृत्यु भएका २७ जना तथा घाइते ५३ जनाको नामावली सार्वजनिक गरेको छ ।
मृत्यु हुनेमा सनाखतभएकामध्ये नाम खुलेका १५ जना पुरुष र १२ जना महिला रहेका छन् । त्यस्तै, २६ जना महिला र २७ जना पुरुष घाइते भएका छन् ।
सानीभेरी गाउँपालिकामा ६ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ भने आठविसकोट नगरपालिकामा ९ जना पुरुष र ९ जना महिलाको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु