काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार पाल्पाको तानसेनमा आयोजना गर्न लागेको पार्टीको भेला स्थगित गरेको छ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा ठुलो धनजनको क्षति भएको पार्टीले आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो ।
यस विपद्को समयमा पार्टीको भेला गर्नु उपयुक्त नहुने सभापति रवि लामिछानेले बताएका छन् । कार्यक्रम स्थगित गरेर आफू भूकम्प प्रभावित क्षेत्रमा जाने पनि सभापति लामिछानेले बताएका छन् ।
उनले भनेका छन्, ‘कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पले ठुलो क्षति भएकोमा अत्यन्त मर्माहत छौँ। ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गर्दछौँ।विपद्को यो घडीमा सरकारलाई सम्पूर्ण साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह गर्दछौँ। साथै रास्वपा जाजरकोटका सबै सदस्यहरूलाई उद्धार/राहत कार्यमा सक्रियताका साथ संलग्न हुन पनि आग्रह गर्दछौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाका दुई नेताको जिम्मेवारी हेरफेर
पहिले विरोध, अहिले लविङ: स्वकीय सचिवमा रास्वपा सांसदको राजनीतिक चरित्र
रास्वपाले गर्यो स्थानीय तह निर्वाचनका लागि 'उम्मेदवार छनोट रूपरेखा' मस्यौदा सार्वजनिक
स्थानीय तह निर्वाचन लक्षित तयारीमा रास्वपा, उम्मेदवारका लागि प्रशिक्षण अनिवार्य
रास्वपाको सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, के भयो कुराकानी ?