काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार पाल्पाको तानसेनमा आयोजना गर्न लागेको पार्टीको भेला स्थगित गरेको छ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको शक्तिशाली भूकम्पमा ठुलो धनजनको क्षति भएको पार्टीले आफ्नो पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो ।
यस विपद्को समयमा पार्टीको भेला गर्नु उपयुक्त नहुने सभापति रवि लामिछानेले बताएका छन् । कार्यक्रम स्थगित गरेर आफू भूकम्प प्रभावित क्षेत्रमा जाने पनि सभापति लामिछानेले बताएका छन् ।
उनले भनेका छन्, ‘कार्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पले ठुलो क्षति भएकोमा अत्यन्त मर्माहत छौँ। ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना गर्दछौँ।विपद्को यो घडीमा सरकारलाई सम्पूर्ण साधनश्रोत परिचालन गरेर उद्धार तथा राहतमा केन्द्रित हुन आग्रह गर्दछौँ। साथै रास्वपा जाजरकोटका सबै सदस्यहरूलाई उद्धार/राहत कार्यमा सक्रियताका साथ संलग्न हुन पनि आग्रह गर्दछौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ कार्तिक २०८०, ०८ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खगेन्द्र कर्णलाई रास्वपाले बनायो समानुपातिक उम्मेदवार
रास्वपाको समानुपातिक सूचीमा राखिएकोप्रति डा. महेन्द्र लावतीको असहमति
रास्वपाद्वारा बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति केन्द्रीय समितिबाट अनुमोदन
बालेनको ब्यवस्थापनका लागि रास्वपाले विधानमा ‘वरिष्ठ नेता’को पद सिर्जना गर्ने
रास्वपाको समानुपातिकतर्फ ३८७ जना आकांक्षीको अन्तिम सूची सार्वजनिक
सरकारी टोलीद्वारा रास्वपा पार्टी कार्यालय अनुगमन