काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको बैठक पहिलोपटक काठमाडौं बाहिर गर्न लागेको छ । २२ र २३ कात्तिकमा मधेशमा बैठक गर्न लागिएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए । ‘तीनवटा बैठक मधेसमा बस्छ । केन्द्रीय समिति र संसदीय दलको बैठक छुट्टा छुट्टै बसेर पछि संयुक्त बैठक गरेर तीनवटा बस्छ’, सहमहामन्त्री बुर्लाकोटीले भने ।
सिरहा, बारा र महोत्तरीमध्ये एक जिल्लाको ग्रामीण क्षेत्रमा बैठक बस्ने बुर्लाकोटीले जानकारी दिए । पार्टीका आन्तरिक गतिविधि तथा बैठकहरु केन्द्रीय राजधानी केन्द्रित हुँदै आएकाले विगतको निरन्तरता हटाउन काठमाडौं बाहिर बैठक गर्न लागिएको रास्वपाले जनाएको छ ।
‘मधेशको समस्या, त्यहाँको जनजीवन बुझ्ने अवसर पनि हो । बैठक मधेशमा बस्दा रास्वपा हाम्रो कुरा पनि बुझ्न आएको छ है भन्ने आशा त्यहाँका जनतामा हुन्छ’, सहमहामन्त्री बुर्लाकोटी भन्छन्, ‘आम नागरिकबाट पार्टीले खबरदारी पाउन पनि मधेशको गाउँ क्षेत्रमा बैठक गर्न लागिएको हो ।’
बैठकमा पार्टीको कार्यदिशा र महाधिवेशनका विषयमा पनि छलफल हुने सहमहामन्त्री बुर्लाकोटीले बताए । रास्वपाले मंसिरमा महाधिवेशन गर्ने भनिए पनि उक्त मितिमा नहुने भएको छ ।
मंसिरमा केन्द्रीय महाधिवेशन नहुने तर प्रक्रिया भने सुरु हुने बुर्लाकोटीले बताए । ‘२२ र २३ को बैठक सकिएपछि महाधिवेशनको क्यालेण्डर सार्वजनिक हुन्छ’, बुर्लाकोटीले भने, ‘वडा तहको अधिवेशन मंसिरबाट सुरु हुन्छ ।’
केन्द्रीय सदस्य थप्ने विषयमा आसन्न बैठकमा छलफलको एजेण्डा नहुने रास्वपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपामा विवाद, विवाद चर्किनुमा यी हुन् दुई कारण
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
रास्वपाका सांसदले दिए सामूहिक राजीनामा
रास्वपा सांसद डा. तोषिमा कार्की दिइन् पदबाट राजीनामा
रास्वपाका सबै सांसदले राजीनामा दिने
रास्वपाले बोलायो सचिवालय र केन्द्रीय समिति बैठक