डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानमा तार्जन गुरुङले जिते १ लाख

सफल खबर संवाददाता

विहीबार, १६ कार्तिक २०८०, १३ : २५
डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानमा तार्जन गुरुङले जिते १ लाख

काठमाडौँ। ​​‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत ०२५५८०५९९६७ कास आईडीका ग्राहक तार्जन गुरुङले नगद रु एक लाख जितेका छन् । यही कात्तिक १३ गते सोमवार भएको लक्की ड्र मार्फत गुरुङले नगद रु एक लाख जितेका हुन् ।

 

नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो ।

 

यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झै जीवनशैली अनुभव गर्न सक्नेछन् ।

 

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् । जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धि र सेलिब्रेटी झै जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ ।

 

सुपरस्टारको छनोट हरेक हप्ताको सोमवार डिशहोमको शोकेश, सरोकार टीभी, रमाइलो टीभी, डिशहोमको आधिकारिक फेसबूक पेज र ईमेज टीभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ ।‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियान गत असोज १ गतेदेखि सीमित अवधिको लागि नेपालभर लागू भएको छ ।

प्रतिक्रिया दिनुहोस