मैले र ओलीले पुल भत्काइसक्यौं, फर्किने बाटो छैन : प्रचण्ड

आइतबार, ०९ पुस २०७४, १२ : ५१
मैले र ओलीले पुल भत्काइसक्यौं, फर्किने बाटो छैन : प्रचण्ड

चितवन । नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एमाले र माओवादीको पार्टी एकताबाट पछि हट्ने ठाउँ नै नभएको बताएका छन् । एमाले र माओवादी दुबै पार्टीको नेतृत्वले एकता प्रक्रियाबाट पछि हट्ने कल्पना नगरेको उनले बताए ।

चितवनमा आयोजित बधाई ज्ञापन कार्यक्रममा प्रचण्डले फर्किने ठाउँ राखेर अघि नबढेको बताए । ‘मैले र केपी ओली कमरेडले जानीबुझी पुल बाँकी राख्यो भने फर्किने खतरा हुन्छ, पुल नै भत्काइदिउँ भनेर एकतामाको निर्णग गरेका हौँ,’ प्रचण्डले भने ।

उनले, संगठन मिलाउने क्रममा जटिलता आउनसक्ने भन्दै उनले त्यसको विकल्प खोजिसकेको बताए । ती कुनै पनि विकल्प अगाडि जाने मात्र छन् पछि हट्ने कुनै विकल्प छैन ।

तर वाम गठबन्धन र पार्टी एकतामा  ‘प्वाल पार्न पाइन्छ कि भनेर अन्तिम करसत हुनुलाई अनौठो ठान्नु हुँदैन,’ एकतालाई जनताले अनुमोदन गरिसकेका छन । ‘एकताको सहमति पक्षको पल्ला यति भारी छ कि अर्को पक्षले केही गरि प्वाल पार्न सक्दैन ।

 

प्रतिक्रिया दिनुहोस