काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १६ कार्तिक २०८०, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घट्यो,कतिमा हुदैँछ कारोबार?
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो,कतिमा हुदैँछ कारोबार?
सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढ्यो, कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार?
सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?