काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गरेका छन् ।बुधवार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले नेपालमा आरोहणका लागि खुला नगरिएका हिमश्रृंखलाहरु खुलाउन जरुरी रहेको बताए ।
उनले आरोहणका लागि नखुलाइएका हिमालहरू खुलाउन हिमालको व्यवस्थापन र प्रवद्र्धनको जिम्मेवारीका लागि उपयुक्त निर्णय लिन सुझाव दिए ।जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि संघले आफ्नो तर्फबाट गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताए ।
उनले पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न आवश्यक रहेको बताए । उनले हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई हमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताए ।उनले भने, ‘हाम्रो पर्वतीय पर्यटनलाई विश्व पर्वतीय बजारमा स्थापित गर्न नेपाल पर्वतारोहण संघले पुर्याएको योगदानलाई बिर्सन सक्दैनौँ ।
हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई यसले हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्दै आएको छ । हिमाली पर्वतारोहण संरक्षण, हिमाली जनताको संस्कृति सम्पदाको संरक्षण, आरोहण, खेलकुद गतिविधिको विकास, मृतक पर्वतारोहीका परिवारका लागि कल्याणकारी कार्यक्रम आदि अन्य गतिविधिमा नेपाल पर्वतारोहण संघले निर्वाह गरेको भुमिका असामान्य छ ।
पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न म नेपाल सरकार र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलाई सुझाव दिन चाहन्छु । नेपालमा अनगिन्ती हिमालहरू छन्, जो आरोहणका लागि खुला गरिएका छैनन् । यो खुलाउन जरुरी छ ।’राष्ट्रपति पौडेलले संघले पर्वतीय पर्यटनको क्षेत्रमा खेलेको भुमिका सह्रानिय रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १५ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति
चिकित्सकहरू बिदेसिने क्रम बढ्नु चिन्ताको विषय : राष्ट्रपति पौडेल
रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने
पूर्खाको मेहनत र परिश्रमको चिनो सम्पदाको संरक्षण हाम्रो साझा दायित्व : राष्ट्रपति पौडेल
कार्यवाहक प्रधानमन्त्री सिंहले भेटे राष्ट्रपति पौडेल
राष्ट्रपतिद्वारा गैरआवासीय राजदूत नियुक्त