कपिलवस्तु। कपिलवस्तुमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मायादेवी गाँउपालिका वडा नम्बर ८ बरकुलका २६ वर्षीय विनयकुमार चमार रहेका छन् ।
प्रहरीका अनुसार उनले घरायसी विवादका क्रममा २६ वर्षीय सन्ध्या चमारको हत्या गरेका थिए । उनले यही कात्तिक ८ गते श्रीमतीले गलामा लगाएको मालाले घाँटी थिचेर सन्ध्याको हत्या गरेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ