झापा। झापामा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका ४ वडावारी तामाङ वस्तीका ४५ वर्षीय डिल्लीकुमार श्रेष्ठ रहेका छन् ।उनलाई प्रहरीले मंगलवार साँझ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार श्रेष्ठले ती बालिकालाई सोमवार राति घरमा कोही नभएको बेला बलात्कार गरेका थिए ।घटनाबारे प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १२ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ