काठमाडौँ । काठमाडौँ र ललितपुर जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका-१५ किमडोलस्थित थुप्टेन घलेको द सेफ हाउस रेष्टुरेण्ट एण्ड वारमा जुवातास खेलिरहेको अवस्थामा मनाङ निस्याङ गाउँपालिका-२ घर भई काठमाडौं नागार्जुन नगरपालिका-५ छकडोल बस्ने ४१ वर्षीय आसुन गुरुङसमेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ६ सय रूपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको बताइएको छ ।यता ललितपुरको गोदावारी नगरपालिका-१० टाखेल पानी ट्याङ्की नजिक बस्ने कुमार भन्ने टुकनाथ घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावारी नगरपालिका-१० बस्ने ३७ वर्षीय निराजन न्यौपाने समेत ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ