काठमाडौँ । काठमाडौँ र ललितपुर जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका-१५ किमडोलस्थित थुप्टेन घलेको द सेफ हाउस रेष्टुरेण्ट एण्ड वारमा जुवातास खेलिरहेको अवस्थामा मनाङ निस्याङ गाउँपालिका-२ घर भई काठमाडौं नागार्जुन नगरपालिका-५ छकडोल बस्ने ४१ वर्षीय आसुन गुरुङसमेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ६ सय रूपैयाँ र ७ बुक ताससहित पक्राउ गरेको बताइएको छ ।यता ललितपुरको गोदावारी नगरपालिका-१० टाखेल पानी ट्याङ्की नजिक बस्ने कुमार भन्ने टुकनाथ घिमिरेको घरमा जुवातास खेलिरहेको अवस्थामा गोदावारी नगरपालिका-१० बस्ने ३७ वर्षीय निराजन न्यौपाने समेत ८ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ७ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने पक्राउ
४ लाखसहित ३ क्रिप्टो कारोबारी पक्राउ
स्लोभाकिया र सर्बिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
ठमेलबाट सुनसहित २ चिनियाँ नागरिक पक्राउ
हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ