काठमाडौ । मोरङबाट प्रहरीले स्रोत नखुले २२ लाख रुपैयाँसहित १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।
विराटनगर–६ शनि मन्दिर चोकबाट मंगलबार दिउँसो स्रोत नखुलेको २२ लाख रुपैयाँसहित १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
उक्त रकम अबैध हुण्डी कारोबारको भएको अनुमान प्रहरीले गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरीले किशोरले बोकेको कालो झोलाबाट २२ लाख रकम बरामद गरेको हो। उक्त रकम अवैध हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
किशोरको साथबाट नेपाली रुपैयाँ २१ लाख ८७ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनको साथबाट एक हजार दरका १ हजार ६८७ थान र पाँच सय दरका १ हजार थान रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी उनको साथबाट बलराम केसरीको नाममा रहेको कुमारी बैंकको एक थान चेक, रञ्जितकुमार साहको नाममा रहेको एनआईसी एसिया बैंकको चेकमा उमेशकुमार भगतको नाममा काटिएको ८६ हजारको चेक, ग्लोबल आईएमई बैंक लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैयाँ जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ कार्तिक २०८०, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ