काठमाडौं उपत्यकामा रगतको चरम अभाव

पत्रपत्रिकाबाट

बुधबार, १५ कार्तिक २०८०, ०७ : २०
काठमाडौं उपत्यकामा रगतको चरम अभाव

काठमाडौं । काठमाडौं उपत्यकामा रगतको चरम अभाव देखिएको छ ।

रगतको व्यवस्थापनको जिम्मा पाएको नेपाल रेडक्रम सोसाइटी र रगतको निगरानी गर्ने जिम्मा पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको कमजोर व्यवस्थापनका कारण उपत्यकामा रगतको चरम अभाव देखिएको हो ।

रगत अभाव हुँदा उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका बिरामीको ज्यान जोखिममा परेको छ । एकातिर चाडवाडपछि बिरामीका आफन्तहरु रगत खोज्न भौंतारिनुपरेको छ भने अर्कातिर अप्रेसन गर्नुपर्ने बिरामीको पनि रगत अभावका कारण समय लम्बिने गरेको खबर नेपाल समाचारपत्रमा छपिएको छ ।

प्रतिक्रिया दिनुहोस