एजेन्सी । भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा बंगलादेशमाथि सहज जीत निकाल्दै पाकिस्तानले सेमिफाइनल सम्भावना जीवितै राखेको छ ।
मंगलवार राति सकिएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटको भारी अन्तरले हराउँदै सेमिफाइनल सम्भावना कायमै राखेको हो ।
यस जीतले पाकिस्तान ६ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । सहभागी १० मध्ये ४ टोलीले सेमिफाइनलमा स्थान बनाउँछन् । अब बाँकी २ खेलमा सुखद नतिजा निकाले र अन्य समीकरण पनि मिले पाकिस्तान सेमिफाइनलमा पुग्नेछ ।
बंगलादेशले दिएको २०५ रनको झिनो लक्ष्य पाकिस्तानले ३२.३ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो
पाकिस्तानका लागि फकर जमान र अब्दुल्लाह शफिकले अर्धशतकीय पारी खेले जमानले सर्वाधिक ८१ तथा शाफिकले ६८ रन बनाए ।
कप्तान बाबर आजम भने ९ रनमै आउट भएका थिए ।मोहम्मद रिजवान र इफ्तिकर अहमदले अविजित क्रमशः २६ र १७ रन जोडेपछि पाकिस्तानले लक्ष्य भेट्टाएको हो ।
बंगलादेशका मेन्दी हसन मिराजले सर्वाधिक ३ विकेट लिए ।यसअघि कोलकातामा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४५.१ ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको थियो ।
बंगलादेशका लागि महमुदुल्लाहले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५६ रन बनाएका थिए ।
पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी र मोहम्मद वासिमले सर्वाधिक ३–३ विकेट लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १५ कार्तिक २०८०, ०७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खामेनीको हत्यापछि पाकिस्तानमा प्रदर्शन, २० जनाको मृत्यु
पाकिस्तान-अफगानिस्तानबिच युद्ध : १२७ जना मारिए
टी–२० विश्वकपको सुपर–८ मा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
विश्वकपमा आज तीन खेल : नामिबियालाई हराउनै पर्ने दबाबमा पाकिस्तान, समूह विजेता बन्ने दाउमा भारत
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप: भारत-पाकिस्तान महाभिडन्तमा वर्षा बाधक हुने, कोलम्बो पुग्यो भारतीय टोली