डिजेल र मट्टितेलको घट्यो, पेट्रोलको यथावत्

सफल खबर संवाददाता

बुधबार, १५ कार्तिक २०८०, ०६ : ५०
डिजेल र मट्टितेलको घट्यो, पेट्रोलको यथावत्

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। भारतबाट मूल्य घटेर आएपछि मंगलबार मध्यरातदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूचीमा पेट्रोल प्रतिलिटर १.५१ रुपैयाँ बढेर र डिजेलको मूल्य ३.६३ रुपैयाँ घटेर आएको थियो । निगमले पेट्रोलको मूल्य यथावत् राख्दै डिजेल र मट्टितेलको मूल्य घटाइएको जनाएको छ ।

निगमका अनुसार काठमाडौँ उपत्यकामा पेट्रोल १७२ रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ भने मूल्य घटेपछि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ ।

खाना पकाउन एलपी ग्यासको मूल्य ९३ रुपैयाँ बढेर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य यथावत् राखिएको निगमले जनाएको छ । ग्यासको प्रतिसिलिन्डर १ हजार ८९५ रुपैयाँ मूल्य तोकिएको छ । नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य ९३.६० रुपैयाँ बढेर आएको थियो ।

प्रतिक्रिया दिनुहोस