काठमाडौं । ट्राफिक प्रहरीलाई चेकजाँचको क्रममा अब नागरिक एपमा रहेको आफ्नो ड्राइभिङ लाइसेन्स देखाउँदा हुने भएको छ ।नागरिक एपमार्फत् लाइसेन्स देखाउँदा मान्यता नदिएर सक्कल नै माग्ने गरेकोमा अब त्यसो नपर्ने सो एपले जनाएको छ ।
नागरिक एपले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत देखाएको सवारीचालक अनुमतिपत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ ।’
यो व्यवस्था आजैदेखि कार्यन्वयनमा आएको भन्दै एपमा लाइसेन्स लिंक गर्न समेत आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१,०५६ सवारी लाइसेन्स सार्वजनिक
लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै
बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै
घुस दिएर लाइसेन्स लिनेको बिचल्ली
लाइसेन्स प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा सञ्चालनमा
टिपरका लागि छुट्टै लाइसेन्स व्यवस्था गरौँ : सांसद झा