काठमाडौँ । नेपाल प्रहरीले भक्तपुर र कञ्चनपुरबाट जुवातास खेलिरहेका २३ जनालाई पक्राउ गरेको छ ।भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३ कौशलटारस्थित ईन्द्र बहादुर श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुली गोलन्जोर गाउँपालिका घर भई हाल भक्तपुर कौशलटार बस्ने ५६ वर्षीय कुमार बराल समेत १५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ४ हजार ६ सय ५० रुपैयाँ र १४ बुक ताससहित पक्राउ गरेको हो ।कञ्चनपुरको भिमदत्त नगरपालिका-७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका-६ ऐंठपुर बस्ने ४० वर्षीय पारस भट्ट समेत ८ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार १ सय १० रुपैयाँ र तास १ गड्डीसहित पक्राउ गरेको हो। साथै उक्त स्थानबाट मोटरसाइकल ६ थान र स्कुटर १ थान समेत प्रहरीले बरामद गरेको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रौतहटमा एकल महिलामाथि बोक्सीको आरोपमा अमानवीय व्यवहार, एक जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
इन्द्रकुमार चाम्लिङ पक्राउ
स्रोत नखुलेको २७ लाख नगदसहित विराटनगर विमानस्थलबाट २ युवक पक्राउ
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ