एजेन्सी । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा साविक विजेता इंग्ल्यान्डको खराब प्रदर्शन जारी छ। आइतबार इंग्ल्यान्डले ६ खेलमध्ये पाँचौ खेलमा हार बेहोर्यो।
अंक तालिकाको पुछारमा रहेको इंग्ल्यान्डलाई शीर्ष स्थानको आयोजक भारतले १०० रनले पराजित गर्यो। भारतले यससँगै लगातार ६ खेलमा जित निकाल्यो।
लखनउमा भएको खेलमा भारतले दिएको २३० रनको सामान्य लक्ष्य पछ्याएको इंग्ल्यान्ड ३४.५ ओभरमा १२९ रनमै अलआउट भयो।
इंग्ल्यान्डका लागि लियाम लिभिङस्टोनले सबैभन्दा बढी २७ रन जोडेका थिए। इंग्लिस ब्याटरलाई रोक्ने क्रममा भारतका मोहमद सामीले ४ विकेट लिए।
उनले ७ ओभरमा २ मेडन राख्दा २२ रन खर्चिए। जसप्रित बुमराहले ३ विकेट लिए भने कुलदिप यादवले २ विकेट हात पारे।
त्यसअघि टस जितेको इंग्ल्यान्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा २२९ रन जोड्यो।
भारतका लागि कप्तान तथा ओपनर रोहित शर्माले ८७ रन र सूर्यकुमार यादवले ४९ रन जोडे। बलिङमा इंग्ल्यान्डका डेभिड विलीले ३ विकेट लिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, ०८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित