कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
बर्दगोरिया वडा नम्बर ६ मा रहेका काँडा नदीमा डुबेर सोही ठाउँका योगेन्द्र मल्लका छोरा ७ वर्षीय आयुस र दीपक मल्लका छोरा ८ वर्षीय दिप्सनको मृत्यु भएको हो।
नुहाउने क्रममा पानीमा डुबेर गम्भीर अवस्थामा पुगेका उनीहरुलाई उपचारको लागि नजिकैको बर्दगोरिया अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुई बालकको पानीमा डुबेर मृत्यु भएको घटनामा थप अनुसन्धान अघि बढाइएको प्रहरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ कार्तिक २०८०, ०८ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु