मेलामा विवाद हुँदा महोत्तरीमा युवकको हत्या

सफल खबर संवाददाता

शुक्रबार, १० कार्तिक २०८०, ११ : ५०
मेलामा विवाद हुँदा महोत्तरीमा युवकको हत्या

 जनकपुरधाम । महोत्तरीमा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका- ५ हर्दियाटोलका  १९ वर्षीय आशिक पासवानको हत्या भएको हो ।हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।

दुर्गा मेलामा भएको विवादको निहुमा स्थानीय दुई  युवकले मिलेर छुरा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

हत्यामा संलग्न आरोपमा दुवै युवकलाई पक्राउ पनि गरिएको डीएसपी गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस