धानवारिमा युवकको शव फेला

सफल खबर संवाददाता

विहीबार, ०९ कार्तिक २०८०, १३ : ०५
धानवारिमा युवकको शव फेला

काठमाडौँ । जनकपुरधाममा एक युवकको शव फेला परेको छ। बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ विसपिट्टीदेखि विन्ही जाने बाटोको तल धानवारिमा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बाटोमा केही रगत देखिएको तथा शवमा समेत रगतजस्तो पदार्थ देखिएको छ। शवको सनाखत हुन नसकेको र घटना स्थलमा तालिम प्राप्त कुकुरहरू बोलाइएको छ । प्रारम्भिक चरणमा उनको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ।

प्रतिक्रिया दिनुहोस