मकवानपुर । मकवानपुरको रातोमाटेमा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान ५ः५५ बजेको समयमा हेटौँडा–१५ रातोमाटेमा ना १ क ६०५५ नम्बरको हाइड्रा क्रेन अनियन्त्रित भई सडकको छेउमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
हेटौँडा–१५ रातोमाटे स्थित पूर्व पश्चिम सडक खण्डमा चुरियामाई तर्फ बाट हेटौडा तर्फ आउँदै गरेको उक्त क्रेन दुर्घटना हुँदा क्रेनका सह चालक पर्साको वीरगन्ज–३० विश्रामपुर बस्ने वर्ष १८ का विपिन महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनका अनुसार क्रेनले च्यापिएको अवस्थामा उद्धार गरी उपचारको लागि हेटौँडा अस्पताल पठाएकोमा बिहान ६ः५५ बजे महतोलाई डक्टरले मृत घोषणा गरेका थिए ।
त्यस्तै दुर्घटनामा क्रेन चालक पर्सा वीरगजं-३० लालपर्सा बस्ने वर्ष ३० को दशरथ पासवान सामान्य घाइते भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ कार्तिक २०८०, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको पछाडि मोटरसाइकल ठोकिँदा युवकको मृत्यु
नवलपरासीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते
झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु
ट्याक्टरबाट खसेर एक युवकको मृत्यु
ब्यारिकेटमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
गैँडाको आक्रमणबाट मृत्यु