काठमाडाैं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज यूएईसँग खेल्दै छ । मूलपानी मैदानमा हुने खेलमा नेपाल र यूएईबीचको प्रतिस्पर्धा ११ बजे सुरु हुने छ ।
श्रृंखलामा नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । नेपालले जारी सिरिजको पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटको एकतर्फी जित निकालेको थियो । नेपालले दोस्रो खेलमा पनि लय कायम राख्दै हङकङलाई ६ विकेटले हरायो ।
त्रिकोणात्मक सिरिजको फाइनल शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तालिका छ । त्यसपछि काठमाडौंमै टी–२० विश्वकप छनोट प्रतियोगिता सुरु हुनेछ । कार्तिक १३ गतेदेखि सुरु हुने छनोटको समूह ‘ए’ मा रहेको नेपालले ग्रुप स्टेजमा ओमान, मलेसिया र सिंगापुरसँग खेल्नेछ । यस्तै, समूह ‘बी’ मा यूएई, हङकङ, बहराइन र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ कार्तिक २०८०, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल
नेपाल र जापान सरकारबीच ऋण सम्झौतामा हस्ताक्षर
नेपालले भारतलाई हरायो
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर