काठमाडाैं । त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले आज यूएईसँग खेल्दै छ । मूलपानी मैदानमा हुने खेलमा नेपाल र यूएईबीचको प्रतिस्पर्धा ११ बजे सुरु हुने छ ।
श्रृंखलामा नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । नेपालले जारी सिरिजको पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटको एकतर्फी जित निकालेको थियो । नेपालले दोस्रो खेलमा पनि लय कायम राख्दै हङकङलाई ६ विकेटले हरायो ।
त्रिकोणात्मक सिरिजको फाइनल शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तालिका छ । त्यसपछि काठमाडौंमै टी–२० विश्वकप छनोट प्रतियोगिता सुरु हुनेछ । कार्तिक १३ गतेदेखि सुरु हुने छनोटको समूह ‘ए’ मा रहेको नेपालले ग्रुप स्टेजमा ओमान, मलेसिया र सिंगापुरसँग खेल्नेछ । यस्तै, समूह ‘बी’ मा यूएई, हङकङ, बहराइन र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०६ कार्तिक २०८०, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप लिग–२ : यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै
नेपाल र युएईबीचको टी–२० शृंखलाको दोस्रो खेल आज हुँदै
नेपालमा टर्की दूतावास स्थापना सम्भावनाबारे सकारात्मक संकेत
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
नेपाल-कतार सम्बन्ध सुदृढीकरणमा जोड