काठमाडौँ । इजरायल र प्यालेस्टाइनबीचको लडाइँबाट अति प्रभावित गाजा क्षेत्रमा पहिलो खेप राहत सामग्री पुर्याइएको छ ।
इजिप्टसँग जोडिएको सीमा नाका रफाहबाट २० ट्रक राहत सामग्री शनिबार गाजामा पुर्याइएको हो ।एउटा ट्रकमा मृतकलाई राखिने कफिनमात्र रहेको बीबीसीले जनाएको छ ।
यसैगरी घाइतेहरूका लागि पोर्टेबल ट्रमा ब्याग, औषधि र अन्य अत्यावश्यक सामग्री पनि रहेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल भ्रमण गर्दा राहत सामग्री पुर्याउनका लागि इजिप्टसँग जोडिएको सीमा नाका खोल्न दिन आग्रह गरेका थिए ।
सोही आग्रह बमोजिम इजरायलले शनिबार उक्त सीमा नाका खुला गरेको हो ।
रफाह नाकाबाट राहत सामग्री गाजामा पुगेको र अब सोही नाकाबाट विदेशी नागरिकहरू बाहिर निस्किन पाउने प्रतीक्षा गरिएको बीबीसीले उल्लेख गरेका छन् ।
गत असोज २० गते प्यालेस्टाइन लडाकु समूह हमासले इजरायलमा एक्कासी आक्रमण गरेको थियो ।
लगत्तै इजरायलले पनि युद्धको घोषणा गर्दै जवाफी आक्रमण थालेको थियो । गाजा क्षेत्रमा अहिलेसम्म ४ हजार ३८५
यसैबीच इजिप्टको राजधानी कायरोमा इजरायल-प्यालेस्टाइन युद्ध रोक्नका लागि शान्ति सम्मेलन भइरहेको छ ।
सम्मेलनमा जोर्डन, कतार, इटली, स्पेन, युरोपेली सङ्घ र बेलायतका प्रतिनिधिहरू सहभागी छन् ।
अमेरिका, इजरायल र इरान भने सम्मेलनमा सहभागी छैनन् ।
सम्मेलनमा सहभागी प्यालेस्टाइन नेता महमुद अब्बासले आफूहरूले आफ्नो भूमि नछोड्ने अडान लिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ कार्तिक २०८०, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलले भन्यो-‘विपिन जोशीको अवस्था अज्ञात’
गाजाका केही क्षेत्रमा सैन्य गतिविधिमा अस्थायी रोक लगाउने इजरायलको घोषणा
गाजामा इजरायलले खसाल्न थाल्यो मानवीय सहायता
गाजामा हजारौँ भवन ध्वस्त पार्दै इजरायल
इजरायलको आक्रमणमा इरानका राष्ट्रपति घाइते : रिपोर्ट
गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र इजरायलको कब्जामा