पानी बोक्ने ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०५ कार्तिक २०८०, ०७ : ४७
पानी बोक्ने ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको टोखामा पानी बोक्ने ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। 

टोखा नगरपालिका-११ गणेशस्थान नजिक सडकमा बा.३ ख ७१८० नम्बरको ट्याङकरले शुक्रबार दिउँसो ठक्कर दिँदा सोही ठाउँकी ६० वर्षीया फुलमाँया गुरूङको मृत्यु भएको हो। 

ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।।

ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस