काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दशैंको शुभकामना व्यक्त गरेका छन्।
शनिबार बिहान शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सबै नेपालीलाई दसैँको अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायूको कामना गरेका छन्।
बडा दशैंले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गरोस् भन्ने कामना समेत उनले गरेका छन्।
राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, ‘सबै नेपालीलाई आआफ्नो क्षेत्रबाट न्यायि र समानता सहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्राप्त होस् भन्ने कामना गर्दछु।’
बडा दशैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतस्स्फुर्त अभिव्यक्त हुन प्रचलनले यसको महत्व रहिआएको भन्दै राष्ट्रपतिले परम्परागत रुपमा हर्षोल्लासका साथ मनाइने यस्ता पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकतालाई थप सुदृढ गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ कार्तिक २०८०, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा : प्रधानमन्त्रीसँगै छलफलको तयारीमा राष्ट्रपति
संवैधानिक प्रबन्धले मूर्तरूप लिँदै जाने मेरो विश्वास छ : राष्ट्रपति
राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश
राष्ट्रपतिले बोलाए कानुनविद्, अध्यादेशबारे सुझाव माग्ने
सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान