काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दशैंको शुभकामना व्यक्त गरेका छन्।
शनिबार बिहान शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सबै नेपालीलाई दसैँको अवसरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायूको कामना गरेका छन्।
बडा दशैंले विकृति, विसंगति अन्त्य गर्दै सामाजिक सद्भाव, एकता, मेलमिलाप र भ्रातृत्वको अभिवृद्धि गर्न सबैलाई प्रेरित गरोस् भन्ने कामना समेत उनले गरेका छन्।
राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, ‘सबै नेपालीलाई आआफ्नो क्षेत्रबाट न्यायि र समानता सहितको आर्थिक समृद्धि प्राप्त गर्ने सामर्थ्य प्राप्त होस् भन्ने कामना गर्दछु।’
बडा दशैंमा मान्यजनप्रति श्रद्धा र सम्मान स्वतस्स्फुर्त अभिव्यक्त हुन प्रचलनले यसको महत्व रहिआएको भन्दै राष्ट्रपतिले परम्परागत रुपमा हर्षोल्लासका साथ मनाइने यस्ता पर्वले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकतालाई थप सुदृढ गर्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ कार्तिक २०८०, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्रेरणाका पुञ्ज हुन्: राष्ट्रपति पौडेल
‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिकाे विश्वास
राष्ट्रपतिसँग चीनका राजदूत छन् सङले गरे बिदाइ भेट
राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिका विज्ञ राजनीतिक सल्लाहकार सुनिल थापाले दिए राजीनामा
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस