काठमाडौ । घरेलु मैदानमा जारी युएई सम्मिलित त्रिकोणात्मक टि-२० आई सिरिजमा आज शनिबार नेपाल र हङकङ भिड्दैछन्।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजे सुरु हुनेछ। नेपालले सिरिजमा तेस्रो खेल खेल्न लागेको हो भने हङकङले दोस्रो खेल खेल्न लागेको हो।
बिहीबार भएको सिरिजको पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ।
पहिलो खेलमा हङकङले दिएको ९५ रनको मध्यम लक्ष्य नेपालले १३.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङले निर्धारित १९.३ ओभरमा ९४ रनमा समेटिएको थियो।
नेपाल घरेलु मैदानमा हङकङलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने योजनामा छ। उता पहिलो खेलमा पराजित भएको हङकङ भने नेपालविरुद्ध पहिलो जितको खोजीमा हुनेछ।
सिरिजको पहिलो खेलमा युएई र हङकङलाई हराएको नेपाल ४ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
सिरिजको पहिलो खेलमा पराजित हङकङ र युएई अंक विहिन रुपमा दोस्रो र तेस्रो स्थानमा छन्। डबल राउण्ड रोविनमा जारी सिरिजको शीर्ष स्थानमा रहने २ टोलीले उपाधिका लागि भिड्नेछन्।
आगामी १३ गते सोमबारदेखि घरेलु मैदानमा हुने आईसिसी टी-२० विश्वकप एशिया क्षेत्र छनोटको तयारी स्वरुप नेपालले सिरिज आयोजना गरेको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ कार्तिक २०८०, ०७ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज इंग्ल्यान्डसँग भिड्दै नेपाल
यूएईविरुद्ध ७ विकेटले निकाल्यो नेपालले शानदार जित
नेपालले आज युएईविरुद्ध टी-२० क्रिकेट विश्वकपको वार्मअप खेल खेल्दै
विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त
भारतले नेपाललाई ८ सय करोड भारु अनुदान दिने