काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को परराष्ट्र मामिला सल्लाहकारमा रुपक सापकोटा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सापकोटालाई परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको एकमन्त्रीले जानकारी दिए।
सापकोटाले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन्। यसअघि उनी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक थिए।उनी नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाका छोरा हुन्।
त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीतिक विषयमा प्राध्यापन गराउँदै आएका सापकोट त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा पनि काम गर्दै आएका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध,भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका विषयमा उनी जानकार छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड