जिउँदो खसी र च्याङ्ग्राको मूल्य घट्यो

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, १९ : ५१
जिउँदो खसी र च्याङ्ग्राको मूल्य घट्यो

काठमाडौं । जिउदो खसी र च्याङ्ग्राको बिक्रिी मूल्य घटेको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाइएको उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले जर्नाएको छ । चाडपर्वको बेला उपभोक्तालाई थप सहुलियत होस् भनि सरकारले खसि तथा भ्याङग्रा खरिदमा अझ सहुलियत दिएको मन्त्रालयको भनाइ छ ।

यससँगै जिउदो खसीको मूल्य प्रति किलो ६७० बाट घटेर ६५० रुपैयाँ कायम भएको छ भने च्याङग्राको मूल्य प्रतिकिलो १२५० बाट घटाएर प्रतिकिलो १२२५ रुपैयाँ कायम गरेको मन्त्रालयले जनाएको छ । घटेको मूल्य शुक्रबारदेखि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस