चीनमा अपरेसनपछि गृहमन्त्री श्रेष्ठ ‘खतरामुक्त’, यस्तो छ मेडिकल सर्टिफिकेट

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, १३ : २७
चीनमा अपरेसनपछि गृहमन्त्री श्रेष्ठ ‘खतरामुक्त’, यस्तो छ मेडिकल सर्टिफिकेट

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी गराइएको छ । गृहमन्त्री श्रेष्ठ चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा उपचाररत छन् । चीन भ्रमणमा रहेका उनलाई छाती दुखेपछि स्थानीय समयानुसार बिहीबार राति करिब १ बजे अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई हृदयाघात भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी गराइन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले गृहमन्त्री श्रेष्ठको अपरेसन गरिएको र बोल्न सक्ने अवस्थामा रहेको बताइन् ।

“गृहमन्त्रीज्यू अहिले चीन भ्रमणमा हुनुहुन्छ । उहाँलाई अचानक गए राति हृदयाघात भयो र उहाँलाई चाइनाको बेइजिङस्थित अस्पतालमा अप्रेसन भएको छ,” सञ्चारमन्त्री शर्माले भनिन्, “उहाँ अहिले खतरामुक्त हुनुहुन्छ । केही दिन उहाँ उतै रहनुहुनेछ । बोल्न सक्ने स्थितिमा आउनुभएको छ ।”

 

प्रतिक्रिया दिनुहोस