काठमाडौं । बझाङमा बुधबार राति भूकम्प गएको छ । राति १० बजेर ३ मिनेटको समयमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।
बझाङ केन्द्रबिन्दु बनाएर असोज १६ गते ५.३ म्याग्निच्युडको भूकम्प गएको थियो। दर्जनौं घरहरू भत्किएका थिए भने एक जना वृद्धको मृत्युसमेत भएको थियो। असोज १६ यता पटकपटक पराकम्प आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अलास्कामा शक्तिशाली भूकम्प
दिल्लीमा ४.४ रेक्टर स्केलको भूकम्प
मुगुमा फेरि भूकम्पको धक्का
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का
ताइवानमा ६.४ म्याग्निच्युडको भूकम्प
टर्कीमा गयो भूकम्प, सात जना घाइते