जटिल चुनौतीबीच शान्ति सुनिश्चित गर्ने विषयमा पुनःविचार गर्न आवश्यक छ : उपप्रधानमन्त्री खड्का

सफल खबर संवाददाता

बुधबार, ०१ कार्तिक २०८०, १५ : ४६
जटिल चुनौतीबीच शान्ति सुनिश्चित गर्ने विषयमा पुनःविचार गर्न आवश्यक छ : उपप्रधानमन्त्री खड्का

काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नयाँ चुनौतीको उदयसँगै विश्वव्यापीरूपमा नागरिकको संवेदनशीलता बढेको बताएका छन् ।संयुक्त राष्ट्रसङ्घ दिवसका अवसर नेपाली सेनाले आज आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

 

नेपाल संयुक्त राष्ट्रसङ्घको बडापत्रको दृष्टिकोण, लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहेको उनको भनाइ थियो ।उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाको विश्वास र वैधता कायम राख्न नयाँ र जटिल चुनौतीबीच कसरी शान्ति सुनिश्चित गर्ने भन्ने विषयमा पुनःविचार गर्न आवश्यक देखिएको बताए ।

संयुक्त राष्ट्रसङ्घ दिवस, २०२३ को अवसरमा ‘शान्ति म बाट शुरू हुन्छ’ भन्ने नाराका साथ आयोजित समारोहमा उनले संयुक्त राष्ट्रसङ्को बडापत्रको आदर्श र विश्व शान्तिको उद्देश्यप्रति नेपालको प्रतिबद्धताबारे स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस