काठमाडौँ । नेपाल प्रहरीले लागूऔषधसहित काठमाडौँबाट दुई जना युवकलाई पक्राउ गरेको छ ।काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ मातातीर्थबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ ३ किलोसहित मकवानपुर थाहा नगरपालिका-९ घर भएका २२ वर्षीय श्रीकृष्ण बललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी माथातीर्थबाट खटिएको प्रहरीले बा.प्र०२-०१९ प ९६०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौँकै तारकेश्वर नगरपालिका-१० मनमैजु लोकतान्त्रिक चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १४ मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका घर भएका २६ वर्षीय देवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यससम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ
टिकटकबाट ठगी गरेको आरोपमा युवक पक्राउ