काठमाडौँ । नेपाल प्रहरीले लागूऔषधसहित काठमाडौँबाट दुई जना युवकलाई पक्राउ गरेको छ ।काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ मातातीर्थबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ ३ किलोसहित मकवानपुर थाहा नगरपालिका-९ घर भएका २२ वर्षीय श्रीकृष्ण बललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी माथातीर्थबाट खटिएको प्रहरीले बा.प्र०२-०१९ प ९६०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।यसैगरी काठमाडौँकै तारकेश्वर नगरपालिका-१० मनमैजु लोकतान्त्रिक चोक नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १४ मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका घर भएका २६ वर्षीय देवन तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यससम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, १४ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ