काठमाडौँ । कात्तिक महिनाको पहिलो दिन नै सुनको मूल्यमा तीब्र वृद्धि भएको छ । असोज मसान्त अर्थात् ३० गते प्रतितोला १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य कात्तिक १ गते एकैदिन १३ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार २ सय रुपैयाँ पुगेको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १३ सय रुपैयाँले नै बढ्दै १ लाख १२ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य पनि आज तोलामा ३५ रुपैयाँले बढ्दै एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो ,कति पुग्यो तोलाको ?
सुनको मूल्य तोलामा १ लाख ८० हजार नजिक, बन्यो नयाँ कीर्तिमान
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घट्यो
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?