काठमाडौँ । सरकारले विभिन्न मुलुकमा कार्यरत १५ जना अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावका आधारमा उक्त निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले विदेशस्थित अनररी कन्सुलर जनरल तथा कन्सुलरको जिम्मेवारीमा रहेका १५ जनालाई पदमुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जानकारी दिए।
सरकारले पदमुक्त गरिएका व्यक्तिहरूको नाम तथा उनीहरू कार्यरत रहेका मुलुकबारे भने औपचारिक विवरण सार्वजनिक गरेको छैन।
परराष्ट्र मन्त्रालयको प्रस्ताव अनुसार गरिएको यो निर्णयसँग सम्बन्धित थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ बैशाख २०८३, १२ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय
वैशाख महिनामा बसेको मन्त्रिपरिषद् बैठकका १०६ निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठक बस्दै
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू