काठमाडौँ । सरकारले संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई औपचारिक आग्रह गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते अपराह्न ४ बजे तय गरिएको संयुक्त बैठकमा राष्ट्रपतिबाट सम्बोधन गराउने प्रस्ताव अनुमोदन गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
सरकारको निर्णय अनुसार अब राष्ट्रपतिलाई संयुक्त बैठकमा उपस्थित भई सम्बोधन गर्न औपचारिक अनुरोध गरिनेछ। उक्त बैठक संघीय संसद्का दुवै सदनको संयुक्त अधिवेशनका रूपमा सञ्चालन हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ बैशाख २०८३, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठकबाट बजेट पारित
सहकारी बेथिति सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय