पूर्वराजालाई माधव नेपालको चुनौती : पार्टी खोलेर चुनाव लड्नुस्

सफल खबर संवाददाता

बुधबार, ०१ कार्तिक २०८०, १० : ५७
पूर्वराजालाई माधव नेपालको चुनौती : पार्टी खोलेर चुनाव लड्नुस्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावमा लड्न चुनौती दिएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन अध्यक्ष नेपालले चुनौती दिए ।

पूर्वराजा ज्ञानेन्द्रलाई इंकित गर्दै उनले भने, ‘अस्ति भएको निर्वाचन आफैंमा जनमत संग्रह हो । जनताले सीधै पार्टीलाई विश्वास गरेका छौं भन्ने देखाए । अरुलाई पनि लाग्छ भने पार्टी बनाउन् आउन्, चुनावमा सामेल होउन् ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले वंशको शासन नेपाली जनतालाई स्वीकार्य नरहेको भन्दै भक्तपुर र झापाका जनताले यसबारेमा सोच्नुपर्ने बताए  अर्को प्रशंगमा उनले सत्ता गठबन्धन पाँच वर्षका लागि बनेको बताउँदै यो कसैले भत्काउन नसक्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस