वर्षा र हावाहुरीले केराखेतीमा क्षति

सफल खबर संवाददाता

बुधबार, ०१ कार्तिक २०८०, ०९ : ५२
वर्षा र हावाहुरीले केराखेतीमा क्षति

File pic

टीकापुर (कैलाली) । यो समय केरा किसानले उत्पादन बजारमा पठाउने हो ।

कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगैको हावाहुरीले किसानलाई नोक्सान भएको छ ।

हावाहुरीले केराखेतीमा लाखौँ रुपैयाँको क्षति पुर्‍याएको किसानको भनाइ छ । गत असोज २९ गते वर्षासँगै आएको हावाहुरीले कैलालीमा धानबाली र केराखेतीमा क्षति भएको छ । 

पाँच बिघा क्षेत्रफलमा केराखेती गरेका टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ । बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालेको छ । उत्पादन लिने समयमा हावाहुरीले एकैपटक क्षति पुर्‍याउँदा उनलाई निकै पीडा भएको छ । 

प्रतिक्रिया दिनुहोस