काठमाडौं । नेकपा एमाले छाडेर आम जनता पार्टीतिर लागेकी मौलापुर नगरपालिका, रौतहटकी मेयर रिनाकुमारी साहको मेयर पद गुमेको छ ।
३० वैशाखको स्थानीय तह चुनावमा साह एमालेबाट मेयर निर्वाचन भएकी थिइन् । आम निर्वाचनमा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका पति प्रभु साहले आम जनता पार्टी बनाएपछि मेयर साह पनि त्यही दलमा आवद्ध भइन् ।
साहले दल त्याग गरेको भन्दै एमालेले कारबाही गर्दै निर्वाचन आयोगलाई जानकारी गरायो । त्यही सूचनाका आधारमा आयोगको सोमबार बसेको बैठकले मेयर साह पदमुक्त भएको निर्णय गरेको छ ।
साहले भने आफूलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी भएकाले प्रतिवादन गर्ने प्रतिक्रिया दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बलरा नगरपालिकाका पूर्व मेयर सिंह कांग्रेसमा प्रवेश
धरानका मेयर हर्क साम्पाङले दिए पदबाट राजीनामा
काठमाडौंको मेयरमा रवि लामिछानेका दाजु हरिशरणको ‘उम्मेदवारी घोषणा’
जर्मनीमा नवनिर्वाचित मेयरमाथि छुरा प्रहार, अवस्था चिन्ताजनक
आमरण अनसन बसेका मेयरसँग छलफल गर्न माइतीघरमै पुग्यो सरकारी टोली
दिक्तेलका मेयरले काठमाडौंमा सुरु गरे ‘सत्याग्रह’