काठमाडौ । काभ्रेको पनौतिमा रोकिराखेको बोलेरो गाडीमा स्कुटर ठोक्किँदा एक किशोरको मृत्यु भएको छ। दुर्घटनामा अर्का किशोर घाइते भएका छन्।
मंगलबार राति पनौती नगरपालिका(१० दाहालटारस्थित सडकमा रोकिराखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किँदा सोही ठाउँमा १६ वर्षीय इरोज ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्कुटरको पछाडि सवार सोही ठाउँका १७ वर्षीय सुबोध श्रेष्ठ घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालकको मृत्यु
जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु