काठमाडौ । काभ्रेको पनौतिमा रोकिराखेको बोलेरो गाडीमा स्कुटर ठोक्किँदा एक किशोरको मृत्यु भएको छ। दुर्घटनामा अर्का किशोर घाइते भएका छन्।
मंगलबार राति पनौती नगरपालिका(१० दाहालटारस्थित सडकमा रोकिराखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किँदा सोही ठाउँमा १६ वर्षीय इरोज ताम्राकारको मृत्यु भएको प्रहरीले जनाएको छ।
स्कुटरको पछाडि सवार सोही ठाउँका १७ वर्षीय सुबोध श्रेष्ठ घाइते भएका छन्। उनको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ कार्तिक २०८०, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु
खोलामा डुबेर एक जनाको मृत्यु