काठमाडौँ । लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनोटको दोस्रो चरणमा पुगेको छ ।
आज मङ्गलवार न्यु लाओस नेशनल स्टेडियममा भएको विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा घरेलु टोलीलाई १-० ले हराउँदै समग्रमा २-१ को जित निकालेर नेपाल दोस्रो चरणमा पुगेको हो । नेपालको जितमा मनिष डाँगीले गोल गरे । मनिषले खेलको ५२ औँ मिनेटमा अञ्जन विष्टको पासमा गोल गरे ।
अब नेपालले समूह एचमा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट होम एन्ड अवे का आधारमा खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, १९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनोटको ट्रफी नेपाललाई, सामोया १२४ रनले पराजित
विश्वकप छनोट : आज ओमानसँग भिड्दै नेपाल
विश्वकप छनोटमा कतारविरुद्ध नेपालको जित
विश्वकप छनोट : आज कतारसँग भिड्दै नेपाल
विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज यूएईसँग भिड्दै नेपाल
विश्वकप छनोट : नेपाल समूहको अन्तिम खेलमा जापानसँग भिड्दै