काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू युगले खोजे अनुसारको नयाँ भएको बताएका छन् । रास्वपाद्वारा आयोजित नीति मन्थन कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै अहिले राजनीतिलाई व्यवसायजस्तो बनाएको बताए ।
उनले भने, ‘राजनीतिलाई व्यवसायजस्तो बनाइएको छ । त्यसलाई मुक्ति दिएर नयाँ पुस्ताको चाहना र नयाँ चुनौतीलाई सामना गर्नको लागि हामी आएको हौँ । हामी ढिलो जन्मेको कारणले हामी नयाँ भनेका होइनौँ । धेरै राजनीतिक दलका दलका नेताहरुले टिप्पणी गर्दा हिजो हिजो भर्खर आए भनिराखेका छन् हामी ढिलो जन्मेका र अस्ति मात्रै पार्टी दर्ता भएको आधारमा नयाँ भनेका होइनौँ । नयाँ भनेका युग र संसारले खोजेको नयाँ हो ।’
उनले थपे, ‘तीन गरेका प्रगतिलाई नहेरी आलोचनामा रहेर राजनीति गर्ने परम्परा एउटा पुस्ताले राख्यो अब नयाँ युगका नयाँ चुनौती र आवश्यकता अनुसार अघि बढाउन आएका हौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० असोज २०८०, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने
रवि र बालेन बिच पाँच घण्टा वार्ता : सहभागी भन्छन्, 'देशले खोजेको आशाको मिलन भयो'
रविलाई बाजागाजासहित पार्टी कार्यालयमा स्वागत
जेन जेड सहिद परिवारसँग रवि लामिछानेले गरे छलफल