कैलाली । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले इजरायल बेपत्ता भएका बिपिन जोशीको खोजी कार्य तीब्र रहेको बताएका छन् । कैलालीको चौमालास्थित गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले प्रचण्डले इजरायल लगायत वरिपरिका देशमा पनि बिपिनको खोजी भइरहेको बताए ।
प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । त्यस क्रममा बेपत्ता भएका कन्चनपुर भिमदत्त ३ का जोशी अहिलेसम्म सम्पर्कविहीन छन् । प्रधानमन्त्री प्रचण्डले अहिले इजरायलमा मात्र नभइ हमास आवद्द देशहरुम पनि खोजी भइरहेको बताए ।
‘वरिपरिका सबै देशहरु र हमाससँग सम्बन्धित देशमा पनि खोजी भइरहेको छ पहल भइरहेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई विश्वास छ चाँडै उहाँ फिर्ता हुनुहुनेछ ।’ गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर प्रधानमन्त्री प्रचण्ड समाजवादी मोर्चाको कार्यक्रममा सरिक हुन धनगढी लगेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १७ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड