काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय र सुशासनमा सरकार दृढ रहेको बताएका छन् । माओवादी नेता कृष्ण बढुवाल (महेश) को श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।
बडुवाल सुदूर पश्चिम प्रदेश कमिटी उपाध्यक्ष हुन् । निमोनिया बाट ग्रसित बडूवालको असोज १० गते भारत उपचारका लागी लैजाने क्रममा निधन भएको थियो । आज प्रधानमन्त्री प्रचण्ड बडूवालको स्मृतिमा आयोजित शोक सभामा पुगेका थिए ।
उनले सामाजिक न्याय र सुशासनका काम गर्दै महेश जस्ता योद्धाहरूको सपना पूरा गर्ने लक्ष्यमा सरकार रहेको बताए । ‘उहाँ जनताको लागि समाज रूपान्तरणको लागि क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो । यो पुरै परिवार सामाजिक रूपान्तरणको आदर्श प्रस्तुत गरेको छ’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने ।
‘धैर्य गरेर महेशको सपना पूरा गर्नु पर्छ ।देशको निम्ति समाजको निम्ति राम्रो काम गरेर अगाडि बढ्नु नै महेश जस्ता योद्धाहरूप्रतिको सम्झना र सम्मान हो।’ महेशका दाजु कुम्भ बडूवालले भाइको स्मरण गर्दै सरकारले अझै राम्रो काम गर्नु पर्ने बताएका थिए ।
‘निम्न वर्गका नागरिकका मुद्दा अझै बलियो ढङ्गले उठाउनु पर्छ । विकासलाई गति दिए भाइको सपना पूरा हुन्छ’ उनले भने । समाजवादी मोर्चाको सन्देश सभामा सहभागी हुन् प्रधानमन्त्री आज कैलाली आएका हुन् । धनगढीमा सन्देश सभा हुनु अघि प्रधानमन्त्री लम्की चुहा नगरपालिका पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड