काठमाडौ । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल चीन प्रस्थान गरेका छन्।
चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एन्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उनी गएराति चीन प्रस्थान गरेको नेकपा एकीकृत समाजवादीका केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए।
खतिवडाका अनुसार पूर्वप्रधानमन्त्री खनालले अक्टोबर १८ मा आयोजना हुने तेस्रो ‘बीआरएफ’ फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ।
चीनमा रहँदा नेता खनालले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु साथै सो कार्यक्रमका लागि विभिन्न मुलुकबाट आउने नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ।
सो कार्यक्रममा सहभागी हुन नेता खनालको साथमा रविलक्ष्मी चित्रकार र प्रा डा युवराज सङ्ग्रौला पनि चीन प्रस्थान गरेका छन्। नेतालगायतको टोली यही अक्टोबर २२ मा स्वदेश फर्कने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असोज २०८०, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल
झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै
एमालेमा फर्कन आपत्ति छैन: झलनाथ खनाल