नाइजेरिया । संयुक्त राष्ट्रसंघले यौन तथा अन्य दुर्व्यवहारको आरोपमा पूर्वी कंगोमा कार्यरत दक्षिण अफ्रिकी दलका ९ शान्ति सैनिकलाई फिर्ता गर्ने बताएको छ । शान्ति सैनिक र दक्षिण अफ्रिकाका एक वरिष्ठ अधिकारीलाई ‘उनीहरूविरुद्धको आरोपको गम्भीरता’ लाई ध्यानमा राख्दै तत्काल स्वदेश फिर्ता गर्ने निर्णय गरेको राष्ट्रसंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ती वरिष्ठ अधिकारीले आफूमाथि लागेको आरोपको अनुसन्धानमा अवरोध गरेका र अन्य शान्ति सैनिकलाई धम्की दिएको बताइएको छ । अन्य दुई वरिष्ठ अधिकृतलाई पनि बदलिने राष्ट्रसंघले जनाएको छ ।
पूर्वी कंगोमा शान्ति स्थापनार्थ १२ हजारभन्दा बढी शान्ति सेना तैनाथ गरिएको छ । यस क्षेत्रमा एक सयभन्दा बढी सशस्त्र समूह सक्रिय रहेको राष्ट्रसंघले जनाएको छ ।राष्ट्रसंघको आफ्नो प्रारम्भिक मूल्यांकनमा कर्फ्युको समय सकिएपछि नौ शान्ति सैनिक वेश्यावृत्ति हुने निषेधित बारहरूमा गएका थिए । उनीहरूमाथि शान्ति मिसनका कर्मचारी र उनीहरूलाई पक्राउ गर्न खोज्ने सैनिकहरूमाथि समेत आक्रमण गर्न खोजेको आरोप लगाइएको छ ।
दक्षिण अफ्रीकी अधिकारीहरूले आफ्नो राष्ट्रिय अनुसन्धानकर्मीको परिचालनमार्फत पूर्ण सहयोग हुने संकेत गरेको राष्ट्रसंघले जनाएको छ । अधिकारीहरूले पीडितलाई सहयोग गरिने तथा शान्ति स्थापना मिसन कार्यमा राष्ट्रसंघको मानकलाई कायम राखिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कंगोदेखि हैटीसम्मा परिचालन गरिएका राष्ट्रसंघका शान्ति सैनिकबाट हुने यौन दुर्व्यवहारका यस्ता आरोप विश्वका विभिन्न भागमा नयाँ होइन । थुप्रै घटनामा पीडितहरू बालबालिका हुने गरेका छन् ।
दुर्व्यवहारको घटना विशेषगरी कंगोमा धेरै भएको छ । सन् २०१७ मा राष्ट्रसंघका विरुद्ध विश्वभर गरिएको दुई हजार यौन दुर्व्यवहारका घटनामा कंगोमा मात्र एक तिहाइ भएको थियो ।
राष्ट्रसंघमाथि यस्ता आरोपहरूको सम्बोधनका लागि पर्याप्त काम नगरेको आरोप समेत लाग्दै आएको छ । गत वर्ष महासचिव एन्टोनियो गुटेर्रेसले यस्ताखालका दुर्व्यवहारलाई उचित सम्बोधन गर्ने नसकिए पनि निरन्तर प्रयास गरेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २८ असोज २०८०, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
यमनका हुथी विद्रोहीद्वारा नियन्त्रणमा लिइएका सहायता कर्मचारीलाई रिहा गरिएको राष्ट्रसंघको घोषणा
लिबियामा बारुदी सुरुङ हटाउने कार्यमा थप अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : राष्ट्रसंघ